कार्गो रेल बथनाहाबाट विराटनगरसम्म नियमित संचालन, ब्यवसायिहरु उत्साहित
काठमाडौं । भारत बिहारको बथनाहाबाट विराटनगरस्थित भन्सारको कष्टम यार्डसम्म कार्गो रेल सेवा सुरू भएको छ ।
कार्गो रेल अब नियमित संचालन हुने भएको हो । रेल सेवाले ढुवानी भाडा आधा सस्तो पर्ने भएपछि उद्योगी ब्यवसायीहरु उत्साहित बनेका छन् । बथनाहाबाट एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सम्मको ७ दशमलव ६ किलोमिटर लामो छ ।
कार्गो रेल उद्योगको औद्योगिक कच्चा पदार्थ बोकेर विराटनगर आइ पुगेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेपछि बथनाहाबाट कार्गो रेल विराटनगर आइपुगेको हो ।













