सिद्धार्थ बैंकले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले रिक्त रहेको जुनिअर अफिसर र सिनियर अस्सिटेन पदको लागि कर्मचारी माग गरेको हो ।
उक्त पदको लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरेको र टेक्नोलोजि क्षेत्रमा २ वर्ष काम गरेको कार्यअनुभव भएको हुनुपर्नेछ ।
योग्यता पुगेको इच्छुक उम्मेदवारले असार २ गतेसम्म बैंकको बेवसाईट https://www.sidharthabank.com/career/ वा सूचनामा दिएको क्युआर स्क्यान गरी आवेदन दिन सक्नेछन् ।














