९ श्रावण २०८३, शनिबार

वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंकले गर्यो सातै प्रदेशमा वृक्षारोपण कार्यक्रम



काठमाडौं । ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवस मनाएको छ । बैंकले “एक कर्मचारी, एक विरुवा रोपण” अभियान अन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिक उन्नत बोट÷बिरुवाहरु रोपेर विश्ववातावरण दिवस मनाएको हो ।

बैकले मोरङ्गको विराटनगर एयरपोर्ट रोड, सिराहाको मिर्चैया, काठमाडौंको टोखा स्थितलाखे डाँडा, कास्कीको पोखरा रङ्गशाला परिसर, रूपन्देहीको तिलोत्तमा सामुदायिकपार्क र सुर्खेतको विरेन्द्रनगर चौहानपार्कमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।

बैंकले आयोेजना गरेको यस वृहत वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरु, स्थानीय नागरिक लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको थियो ।

बैंकले स्थापना काल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिंदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्