९ श्रावण २०८३, शनिबार

नेप्सेमा एक कम्पनीको १५ प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १५ प्रतिशत बोनस बापतको १० लाख ३५ हजार कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस नेप्सेमा सूचीकृच भएको हो ।


प्रतिक्रिया दिनुहोस्