मंगलबार यी १० कम्पनीका लगानीकर्ताले कमाए
काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.६६ अंकले बढेको छ । आज ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर किनबेच हुदाँ १ अर्व ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार एक कम्पनीको इकाइधनीहरुले सर्वाधिक कमाएका छन् । न्यादी हाइड्रोपावर कम्पनीको इकाइधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ९.८५ प्रतिशत अथवा प्रतिकित्ता २७ रुपैयाँले बढेर ३०१ रुपैयाँ पुगेको छ ।
साथै, सनरनइज फोकस्ड इक्विटी फण्डको ९.२४ प्रतिशत, सोल्टी होटल लिमिटेडको ८.७५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ७.९९ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७.५ प्रतिशतले सेयर मूल्य बढेको छ ।














