अपर लोहरे खोला हाइड्रोपावरले झण्डै २५ करोडको आइपीओ जारी गर्ने, बोर्डले दियो अनुमति
काठमाडौं । अपर लोहोरे खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति समेत प्राप्त गरेको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख ९८ हजार ४० कित्ता बराबरको २४ करोड ९८ लाख ४ हजार रुपैयाँको आइपीओ निष्कासन गर्ने जेठ २३ गते बोर्डबाट अनुमति प्राप्त गरेको हो । अब कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपाली तथा दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।













