२९ श्रावण २०८३, शुक्रबार

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट, कतिले पाए ११ कित्ता सेयर ?



काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटको कार्यालयमा बाँडफाँट भएको हो ।

कम्पनीले जेठ ११ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गरेको थियो । कुल ३७ हजार ९४२ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताकै दरले सेयर पाएका छन् ।

जसमध्य ५ जनाले ११ कित्ता सेयर पाएका छन् । यो एफपीओमा लागि कुल १३ लाख ५७ हजार १८० जना आवेदकले आवेदन दिएकामा १ हजार ४९३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्याटिलले जानकारी दिएको छ ।