८ श्रावण २०८३, शुक्रबार

नेपाल रिपब्लिक मिडियाको आइपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?



काठमाडौं । नेपाल रिपब्लिक मिडियाले आइपीओ निष्कासन गरेको छ । कम्पनीले आज अर्थात जेठ २६ गतेदेखी सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको आइपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गरेको हो । जसमा ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारी, ५ प्रतिशत ले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि व्यवस्था गरिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरिसकेको छ । बाँकी ३५ लाख २५ हजार ९३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । आइपीओमा छिटोमा जेठ ३० गते र ढिलोमा असार ८ गतेसम्म आइपीओ खुला रहनेछ


प्रतिक्रिया दिनुहोस्