७.६४ प्रतिशतले बढ्यो तलब तथा ज्यालादर
काठमाडौं । नेपालीहरुको तलब तथा ज्यालादर सूचकाङ्क वृद्धि भएको छ । १० महिनामा यस्तो सूचकाङ्क ७.६४ प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ८.५२ प्रतिशतले बढेको थियो ।
समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ६.२९ प्रतिशतले बढेको छ ।













