२८ श्रावण २०८३, बिहिबार

जल्पा देवी मन्दिरलाई सिटिजन्स बैंकले दियो क्यूआर कोड भएको आधुनिक चन्दा बाकस



काठमाडौं । सिटिजन्स बैंकले देवीघाट, नुवाकोट स्थित जल्पा देवी मन्दिरलाई क्यूआर कोड भएको आधुनिक चन्दा बाकस प्रदान गरेको छ ।

बैंकले आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बागमती प्रदेश अन्तर्गत देवीघाट शाखाले आधुनिक चन्दा बाकस दिएको हो ।

एक समारोहका विच देवीघाट शाखाले स्थानीय प्रतिनिधि, मन्दिर संरक्षण समितिका अध्यक्ष मानबहादुर डङ्गोल र बाँकी सदस्यहरू, बैंकका कर्मचारीहरू लगायत आसपासका प्रतिष्ठित स्थानीय र शुभचिन्तकहरूको बिच जल्पा देवी मन्दिरलाई चन्दा बाकसको चाबी हस्तान्तरण गरेको छ ।

जस्मा भौतिक नगद वा क्यूआर कोड वा फोन पे एप मार्फत मन्दिरमा दान गर्न सकिन्छ । बैंकको सहयोगप्रति अधिकांश सहभागीहरूले सम्मान र प्रशंसा व्यक्त गरेका थिए । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमहरु प्रदेशका अन्य शाखाहरु मार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ ।

सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बकैंले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट यस्ता कार्यक्रमहरु अगाडि बढाउने बताएको छ।

बैंक देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।