नेपाल रिपब्लिक मिडियाको आइपीओ करिब ७ लाखले भरे
काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओमा ७६ करोड ९३ लाख १० हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज (जेठ २८ गते) साँझ ५ः६ बजेसम्म ६ लाख ९९ हजार २१० जना आवेदकले ७६ लाख ९३ हजार १०० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले आजदेखी सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको आइपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गरेको हो । जसमा ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारी, ५ प्रतिशत ले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि व्यवस्था गरिएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरिसकेको छ । बाँकी ३५ लाख २५ हजार ९३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । आइपीओमा छिटोमा जेठ ३० गते र ढिलोमा असार ८ गतेसम्म आइपीओ खुला रहनेछ













