८ श्रावण २०८३, शुक्रबार

रावा इनर्जीको आइपीओ बाँडफाँटको मिति जुर्यो, ६४ हजार ३६६ जनाले मात्र १०।१० कित्ता पाउने



काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ मंगलबार (जेठ ३० गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार मंगलबार दिउँसो ४ बजे आफ्नौ कार्यालयमा बाँडफाँट हुने भएको हो ।

कम्पनीको आइपीओमा मागभन्दा १४.८९ गुणा बढीले आवेदन दिएका छन् । आइपीओमा ११ लाख ६५ हजार ५२६ जनाले १ करोड २७ लाख ६१ हजार ४८० कित्ताका लागि आवेदन दिएका हुन् ।

माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा ६४ हजार ३६६ जनाले मात्र १०।१० कित्ताका दरले आइपीओ प्राप्त गर्ने छन् । जसमा ७ जना आवेदकले थप १ का दरले ११ कित्ता पाउनेछन् । बाँकी ११ लाख आवेदकको हात भने रित्तो हुने देखिएको छ ।

कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गरेको थियो । जसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ । बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणका लागि खुला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्