मध्य भोटेकोशी जलविद्युतले बोलायो दुई आर्थिक वर्षको साधारण सभा असार २० गते
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले १०औं र ११औं वार्षिक साधारण सभा असार २० गतेका लागि बोलाएको छ । कम्पनीको जेठ ८ गते बसेको संचालक समितिको बैठकले सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७।०७८ र २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने छ । साथै कम्पनीको संचालक समितिको लेखापरीक्षकमा एचकेएसडि एसोसियट्स, चार्टर्ड एकाउन्टेन्टलाई लेखापरीक्षण समितिको सिफारिस अनुसार १ लाख ७८ हजार लेखापरीक्षण शुल्क निर्धारण गरी लेखापरीक्षण्क नियुक्त अनुमोदन र आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, विभिन्न संघ संस्थालाई आर्थिक सहायत दिएको रकम अनुमोदन र संचालक समितिको सदस्यको निर्वाचन सम्बन्धि समेत छलफल हुने कार्य सूची रहेको छ ।













