८ श्रावण २०८३, शुक्रबार

रावा इनर्जीको आइपीओ बाँडफाँट, ६४ हजार ३६६ जनाले पाए १०।१० कित्ता सेयर



काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ आज (जेठ ३० गते) बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आइपीओ बाँडफाँट सम्पन्न गरेको हो ।

कम्पनीको आइपीओमा मागभन्दा १४.८९ गुणा बढीले आवेदन दिएका छन् । आइपीओमा ११ लाख ६५ हजार ५२६ जनाले १ करोड २७ लाख ६१ हजार ४८० कित्ताका लागि आवेदन दिएका थिए । जसमा १ लाख ७ हजार ४ सय ४६ जनाको आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो। जसमा ६४ हजार ३६६ जनाले मात्र १०।१० कित्ताका दरले आइपीओ प्राप्त गरेका छन् । जसमा ७ जना आवेदकले थप १ का दरले ११ कित्ता प्राप्त गरेका हुन् । बाँकी १०लाख आवेदकको हात भने रित्तो भएको छ ।

कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गरेको थियो । जसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ । बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणका लागि खुला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्