थप ३२ लाख कित्ता आइपीओ आउने, दुई कम्पनीले दिए बोर्डमा आवेदन
काठमाडौं । थप दुई कम्पनीले आइपीओ निष्कासन गर्ने भएका छन् । कान्तिपुर टेलिभिजन नेटवर्क र सानिमा हाइड्रोपावरले आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।
कान्तिपुर टेलिभिजन नेटवर्कले अकिंत मूल्य १ सय रुपैयाँमा ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा जेठ २८ गते आवेदन दिएको हो ।
त्यस्तै, सानिमा हाइड्रोपावरले अंिकत मूल्य १ सय रुपैयाँमा २४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा जेठ २६ गते आवेदन दिएको हो । स्वीकृत पश्चात कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाको लागि र वैदेशिक रोजगारीमा गएका नेपाली र त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि विक्री खुला हुनेछ ।
दुबै कम्पनीको विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।













