दोभान हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
काठमाडौं । दोभान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ ल्याउन लागेको हो ।
कम्पनीले १०० अंकित दरका कुल २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई आईपीओ निष्कासन तथा विक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।
कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिन बाँकी नै रहेको छ ।













