८ श्रावण २०८३, शुक्रबार

आइएमई लाइफले भोलिदेखि प्रिमियममा आइपीओ निष्कासन गर्ने, १० कित्ता भर्न कति चाहिन्छ रकम ?



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले भोलि (असार १गते) देखि प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपिओ अङ्कित मूल्य १०० रुपैयाँमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर प्रति कित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले सर्वसाधारणलाई सेयर जारी गर्न लागेको हो ।

आगामी असार १ गतेबाट आइएमई लाइफले जारी पुँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको हो । कम्पनीले मङ्गलवार नेपाल धितो पत्र बोर्डबाट प्रिमियम मूल्यमा आइपिओ निष्कासनका लागि अनुमति पाएको हो ।

आइएमई लाइफले नेपाली बीमा क्षेत्रको पहिलो प्रिमियम मूल्यमा आइपिओ जारी गर्ने कम्पनी बनेको छ । कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा थप १३६ रुपैयाँ ९१ पैसा प्रिमियम मूल्य सहित आइपिओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीले प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने भएको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो ।


प्रतिक्रिया दिनुहोस्