२८ श्रावण २०८३, बिहिबार

सुदूरपश्चिम बजेटः निर्वाचन क्षेत्रका सांसदलाई ३ करोड, कुन क्षेत्रमा कति विनियोजन ? (पूर्णपाठ)



काठमाडौं । सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट सार्वजनिक गरेको छ । सार्वजनि बजेट अनुसार प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत हरेक निर्वाचन क्षेत्रका सांसदलाई तीन करोड विनियोजन गरेको छ ।

अघिल्लो वर्ष उक्त रकमको बिरोध हुदैं आएकोमा प्रदेश सरकारले पनि यसलाई निरन्तरता दिएको हो । सडक पूर्वाधार, उर्जा, सिँचाई तथा नदी नियन्त्रण, खानेपानी तथा सरसफाइ, आवास सहरी विकास तथा भवन निर्माण र यातायात व्यवस्था क्षेत्रमा १२ अर्ब ६८ करोड विनियोजन गरिएको छ ।

स्वास्थ्य क्षेत्र ३ अर्ब १४ करोड ७२ लाख, उद्योग, पर्यटन वन तथा वातावरण क्षेत्रका लागि एक अर्ब ८१ करोड, कृषि क्षेत्रमा बजेट २ अर्ब ५० करोड विनियोजन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको आर्थिक बर्ष २०८०/८१ को लागि कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको छ । चालूतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार (३२.७९ प्रतिशत), पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार (५८ं.१६ प्रतिशत), अन्तरसरकारी वित्त हस्तान्तरण २ अर्ब ३४ करोड ७५ लाख ७० हजार (८.०२ प्रतिशत) वित्तिय व्यवस्था ३० करोड (१.०३) बजेट ल्याएको छ ।