आर्थिक मन्दीको प्रभाव: १९ अर्ब १० करोड बराबरको चेक बाउन्स, प्रहरीमा ८ हजार ६९१ मुद्दा
काठमाडौं । नेपालमा बैंकिङ्ग कसूर मुद्दा ह्वात्तै बढेको छ । विशेषत: पछिल्लो चेक बाउन्सको मुद्दा धेरै बढेको हो । नेपाल प्रहरीबाट प्राप्त तथ्याङ्क अनुसार बैंकिङ्ग कसूर अन्तर्गत उजुरी गर्नेको संख्या पनि बढाएको छ ।
९ महिनामा साढे ८ हजार बढी चेक बाउन्स भएको छ । समय देखिएको आर्थिक संकटका कारण चेक बाउन्स बढेको प्रहरीले जनाएको छ। तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनामा मात्रै चेक बाउन्सको ८ हजार ६९१ मुद्दा प्रहरीमा दर्ता भएका छन् । जुन हालसम्मकै उच्च हो । प्रहरीका अनुसार चैत मसान्तसम्मको तथ्याङ्क अनुसार १७ अर्ब १० करोड ८३ लाख रुपैयाँ बराबरको चेक बाउन्स भएको छ ।
गत आवमा चेक बाउन्सको ५ हजार ३७० वटा मुद्दा दर्ता भएको थियो । प्रहरीका अनुसार गत आवमा कुल ६ अर्ब ७१ करोड ९२ लाख रुपैयाँ बराबरको चेक बाउन्स भएको थियो । सो बराबरको चेक बाउन्स मुद्दामा १ हजार १८० जना पुरुष र १७९ जना महिना (स्वदेशी)ं र ७९ जना विदेशी नागरिक पक्रा परेका छन् ।
चेकबाट हुने कारोबार बढेसंगै यस्तो मुद्दा बढेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चेक काटिएको बैंक खातामा रकम पर्याप्त छैन भनि चेक नसाटिदाँ यस्तो मुद्दा तिव्र रुपमा बढेको हो । ‘गत बर्षहरुभरीमा पनि यो भन्दा कम मात्रामा चेक बाउन्स हुने गरेको थियो । तर, यो बर्षको महिनामै संख्या र रकमका आधारमा चेक बाउन्सको मुद्दा बढेको छ । ब्याजमा रकम लगाउने र घरजग्गा कारोबार र व्यवापार गर्नेहरुको चेक बाउन्स उजुरी बढी हुनेको गरेको छ’– नेपाल प्रहरी स्रोतले भन्यो ।
प्रहरीका अनुसार चेक बाउन्समा विदेशी नागरिक समेत पक्राउ परेका छन् । चालु आवको नौं महिनामा ४ जना विदेशी नागरिक चेक बाउन्सको मुद्दामा पक्राउ परेका हुन् । सो अवधिमा नेपाली १ हजार १८९ जना पुरुष र ३१९ जना महिला पक्राउ गरेका छन् ।
व्यवसायिक कारोबारको क्रममा लेनदेन व्यवहार मिलाउन तथा रकम ब्याजमा दिने वा सापटि दिएको रकमको सट्टामा चेक लिने दिने प्रचलन बढेको छ । तर, बैंक खातामा पर्याप्त रकम नहुँदा पनि चेक दिने गरिन्छ । जसले चेक बाउन्स बढेको हो । प्रहरी स्रोतले भन्यो,–‘व्यवसायिक कारोबारका क्रममा लेनदेन व्यवहार मिलाउन पैसा सापटी तथा ब्याजमा दिने चलन छ । सापटी रकमको ठाउँ चेक लिने दिने गरिन्छ । पछि उनीहरुको खातामा पर्याप्त रकम हुँदैन । अनि चेक बाउन्स हुने गरेका देखिन्छ । झन् पछिल्लो समय त आर्थिक संकटले पनि चेक बाउन्स बढी रहेको पाइन्छ ।’
चेक बाउन्स मुद्दामा कतिपयले सजायसमेत भोगिरहेको प्रहरीले जनाएको छ । भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता भयो भने ‘चेक बाउन्स’ मानिन्छ । खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ ।













