विश्वकप क्रिकेट छनोटअन्तर्गत नेपालले घरेलु टोली जिम्बाबे विरुद्ध खेल्दैं
काठमाडौं । विश्वकप क्रिकेट छनोटअन्तर्गत नेपालले आज (आइतवार) घरेलु टोली जिम्बाबेविरुद्ध खेल्दैछ ।
जिम्बाबेको हरारेमा खेल नेपाली समय १२:४५ बजे सुरु भएको हो । नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । अहिले ६ ओरभ सकिदा नेपालले २६ रन बनाएको छ ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की र कुशल मल्ल छन् । यस्तै, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करन केसी र सन्दीप लामिछाने पनि नेपाली टोलीमा परेका छन् ।













