कुथेली बुखरी हाइड्रोपावरको आइपीओमा कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । कुथेली बुखरी हाइड्रोपावर लिमिटेडको आइपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूले असार ५ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले जेठ १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ जारी गरेको हो । बैदेशिक रोजगारीमा गएका नेपालीहरुले भने आवेदन दिन समय सकि सकेको छ ।
कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात् १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको हो । उक्त आइपीओमा दोलखाको कालिंचोक गाउँपालिका वडा नं। ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरू) तथा भीमेश्वर नगरपालिका वडा नं। १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरू) का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।
दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने आईपीओको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री ल्याएको थियो ।
आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।













