जिम्बाव्वेविरुद्ध नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धसतक
काठमाडौं । विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेविरुद्ध नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धसतक बनाएका छन् ।नेपाललका लागि उनले आसिफ शेखसँगको साझेदारिमा ५० रन बनाएका हुन् ।
घरेलु टिम जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका ओपनर कुशलले ६३ बलमा अर्धशतक प्रहार गरे। उनले ८ चौका प्रहार गरे।
यससँगै कुशल टेस्ट टिमविरूद्ध एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्ने नेपालका पहिलो ब्याटर बनेका छन्। ओपनरद्वय कुशल र आसिफ शेखले ८४ रनको साझेदारी गरिसकेका छन्।













