जिम्बावेलाई नेपालले दियो २ सय ९१ रनको लक्ष्य
काठमाण्डौं । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपालले घरेलु टोली जिम्बावेलाई २ सय ९१ रनको लक्ष्य दिएको छ ।
हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेलले शतक र आसिफ शेखले अर्धशतक बनाए ।












