सनराइज बैंकको साधारण सभा सम्पन्न,लक्ष्मी बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित
काठमाडौं । सनराइज बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा आज (असार ३ गते) सम्पन्न भएको छ । बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
सनराइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गरेको छ । प्रस्ताब अनुरुप सन्राइज र लक्ष्मी बैंक बराबरी हैसियतमा मर्जरमा जाने प्रस्ताब पारित भएको छ ।
सभामा आ.व.२०७८/७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण २०७९ साल आषाढ मसान्तको वासलात तथा आ.व.२०७८/७९ को वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन सहितका साधारण प्रस्ताव परित भएको छ ।
आइतबार सम्पन्न साधारण सभाले लक्ष्मी बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि थप प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ ।













