खातामा भएको रकमभन्दा बढीको आइपीओ भर्नु हुन्छ ? सिडिएसले निकाल्यो यस्तो सूचना
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताले आफ्नो बैंक खातामा भएको रकमभन्दा बढीको आइपीओ भरेमा कारबाही गर्ने भएको छ ।
सिडिएसले एक सूचना प्रकाशित गर्दै यस्तो भएमा झुटा वा जालसाजी कारोबार गरिएको मानिने र कानुन अनुसार कारबाही हुने जनाएको हो ।
घोराही सिमेन्ट्सको आइपीओमा लगानीकर्ताहरूले आफ्नो खातामा भएको रकमभन्दा बढीको लागि आवेदन दिएको पाईएको हुदाँ उक्त सूचना प्रकाशित गरेको स्रोतले बताएको छ ।














