२७ श्रावण २०८३, बुधबार

सुदूरपश्चिम प्रदेशभर आज शोक बिदा



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार (आज) प्रदेशभर शोक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।