अन्तिम दिनसम्म कुथेली बुखरी हाइड्रोपावरको आइपीओ १ हजार ३० जनाको पर्यो आवेदन
काठमाडौं । कुथेली बुखरी हाइड्रोपावर लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म १ करोड ५२ लाख ९ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार असार ५ गतेसम्म १ हजार ३० जनाले १ लाख ५२ हजार ९० कित्ता लागि आवेदन दिएका हुन् ।
कम्पनीले जेठ १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ जारी गरेको थियो । बैदेशिक रोजगारीमा गएका नेपालीहरुले भने आवेदन दिन समय भने यस अघि नै सकि सकेको हो ।
कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात् १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको थियो ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।













