२७ श्रावण २०८३, बुधबार

आज नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिज खेल्दै



काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ।

नेपालले आज दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग हरारेमा प्रतिस्पर्धा गर्न लागेको हो। खेल १२:४५ मा सुरू हुनेछ।

यसअघि नेपालले पहिलो खेलमा जिम्बावेसँग हार बेहोर्दा दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो।वेस्ट इन्डिजले भने दोस्रो खेल खेल्न लागेको हो। उसले पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो।