कृषि विकास बैंकको संचालकमा उत्तर कुमार खत्री
काठमाडौं । कृषि विकास बैंकले संचालक पद हेरफेर गरेको छ ।
नेपाल सरकारको जेठ ३२ गतेको निर्णय अनुसार अर्थमन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीलाई बैंकको संचालक पदमा नियुक्त गरेको थियो । बैंकको असार ७ गते बसेको संचालक समतिको बैठकले उनलाई संचालकमा शपथ ग्रहण गराएको हो ।












