८ श्रावण २०८३, शुक्रबार

रिपब्लिक मिडियाको आइपीओ भोलि बाँडफाँट हुने, ३ लाख ६१ हजारलाई १०।१० कित्ता सेयर



काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओ भोलि (असार ११ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका अनुसार सोमबार बिहान १० बजे होटल अलफ्टमा बाँडफाँट हुने भएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजार ६३६ आवेदकले १ अर्ब ३९ करोड २३ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख २३ हजार ३८० कित्ताका लागि आवेदन दिएका हुन् ।

माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुने भएको छ । गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुदाँ ३ लाख ६१ हजार ९८९ जना आवेदकले १०।१० कित्ता सेयर पाउनेछन् ।

कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको आइपीओ बिक्रीमा ल्याएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारी, ५ प्रतिशत ले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरिसकेको छ । बाँकी ३६ लाख १९ हजार ८९१ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्