१० श्रावण २०८३, आइतबार

एकीकृत कारोबार अघि नै प्रभु महालक्ष्मीले सार्वजनिक गर्यो १५ वटा बीमा योजना, साउन १ गतेदेखि लागू हुने

एकीकृत कारोबार अघि नै प्रभु महालक्ष्मीले सार्वजनिक गर्यो १५ वटा बीमा योजना, साउन १ गतेदेखि लागू हुने



काठमाडौं । मर्जपछि बन्ने प्रभु महालक्ष्मी लाइफले १५ वटा बीमा योजना (प्रडक्ट) छनौट गरेको छ । दुवै कम्पनीका विज्ञ कर्मचारीहरुको अध्ययन विश्लेषणपछि साउने १ देखि बिक्री वितरण गर्न १५ वटा बीमा योजना छनौट गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणबाट एकिकृत कारोबार पछि प्रचलनमा ल्याउन उक्त योजनाहरु स्वीकृति समेत प्राप्त भैसकेको कम्पनीले जनाएको छ । प्रभु लाइफ र महालक्ष्मी लाईफ इन्स्योरेन्स यहीँ असार भित्र नै एकीकृत कारोबार गर्ने तयारीमा छन् ।

कम्पनीका अनुसार नेपाली जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरुलाई समेत विचार गरी पन्ध्रवटा योजना प्रचलनमा ल्याउन सार्वजनिक गरिएको हो ।

स्वीकृत बीमा योजनाहरुमा सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारीक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीबृद्धि बीमा, गज्जवको लगानी फिर्ता बीमा योजना सार्वजनिक गरेको छ ।

यस्तै, डवल धमाका बीमा, सबैको जिबन बीमा, सर्वश्रेष्ठ आजिवन बीमा, सुनौलो किरण बीमा, बैभव जीवन बीमा, जीवन उन्नती बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजनाहरु रहेका छन् ।