हिम स्टार उर्जाले ११ करोडको आइपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौं । हिम स्टार उर्जा कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले ११ करोड १९ लाख रुपैयाँको आइपीओ निष्कासनका लागि जेठ ३१ गते बोर्डमा आवेदन दिएको हो । अंकित मूल्य १ सय रुपैयाँमा ११ लाख १९ हजार कित्ता आइपीओ निष्कासन अनुमति माग गरेको छ ।
अनुमति पश्चात कम्पनीले पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपाली कामदार र आयोजना प्रभावित स्थानिय बासिन्दा तथा दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको हो ।













