८ श्रावण २०८३, शुक्रबार

रिपब्लिक मिडियाको आइपीओ उपप्रधानमन्त्री श्रेष्ठले गरे बाँडफाँट, ३ लाख ६१ हजारले पाए सेयर



काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओ आज (असार ११ गते) बाँडफाँट भएको छ । होटल अलफ्ट ठमेलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले आइपीओ बाँडफाँट गरेका हुन् ।

अन्तिम दिनसम्म कम्पनीको आइपीओमा कुल १२ लाख ९९ हजार ७ सय २७ जना आवेदकबाट कुल १ करोड ४१ लाख ९ हजार ५ सय ६० कित्ताको लागि आवेदन परेको थियो । ७१ हजार १ सय ५८ जनाको आवेदन रद्द भएको छ। जस मध्ये १२ लाख २७ हजार ५ सय ६९ जना आवेदक गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँट गरिएको छ ।

जस अनुसार गोलाप्रथाबाट ३ लाख ६१ हजार ९ सय ८९ जनाले १०।१० कित्ता पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता सेयर प्राप्त गरे ।

कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको आइपीओ बिक्रीमा ल्याएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारी, ५ प्रतिशत ले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरिसकेको छ । बाँकी ३६ लाख १९ हजार ८९१ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्