८ श्रावण २०८३, शुक्रबार

तपाइलाई पर्यो त रिपब्लिक मिडियाको आईपीओ ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा



काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओ अलफ्ट होटल ठमेलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठको सहभागिमा बाँडफाँट भएको छ ।

कम्पनीको आइपीओमा कुल १२ लाख ९९ हजार ७ सय २७ जना आवेदकबाट कुल १ करोड ४१ लाख ९ हजार ५ सय ६० कित्ताको लागि आवेदन परेको थियो । ७१ हजार १ सय ५८ जनाको आवेदन रद्द भएको छ। जस मध्ये १२ लाख २७ हजार ५ सय ६९ जना आवेदक गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँट गरिएको छ ।

जस अनुसार गोलाप्रथाबाट ३ लाख ६१ हजार ९ सय ८९ जनाले १०।१० कित्ता पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता सेयर प्राप्त गरे ।

कम्पनीको आइपीओ यी तीन तरिकाबाट हेर्न सकिनेछ
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः  iporesult.cdsc.com.np/ 
बिक्रि प्रबन्धक मेगा क्यापिटलको वेबसाइटः https://megacapitalmarkets.com/
सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्