८ श्रावण २०८३, शुक्रबार

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा करिब एक अर्ब संकलन, कति पर्यो आवेदन ?



काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आइपीओमा ९९ करोड ४५ लाख ६६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज (असार १२ गते) दिन साँझ ५ः५ बजेसम्म ९ लाख ६ हजार १०८ जना आवेदकले ९९ लाख ४५ हजार ६६० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले आज (असार १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो । यसअघि आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरी सकेको छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । जसमा १ सय अंकित मूल्यमा ६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ । यस मध्ये १० प्रतिशत (६५ हजार कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । साथै, ५ प्रतिशत (३२ हजार ५ सय कित्ता) सामूहिक लगानी कोषका लागि र २ प्रतिशत (१३ हजार कित्ता) कर्मचारीलाईलाई छुट्याइएको छ । बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा छिटोमा असार १३ गते र सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्