८ श्रावण २०८३, शुक्रबार

बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने



काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले असार १२ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले जारी गरेको १:१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । अब उक्त हकप्रद सेयर स्वीकृतिका लागि कम्पनीको साधारण सभामा पेश हुनेछ ।

उक्त प्रस्ताव सभाबाट पारित भएर नियामक निकायहरुको अनुमतिका लागि निवेदन दिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्