सेयर बजारको उकालो यात्रामा लाग्यो ब्रेक, अधिकांश समूहको सेयर मूल्य घट्यो, कारोबार कति ?
काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजारमा उकालो यात्राको ब्रेक लागेको छ । साताभरी हरियाली आएको बजारमा बुधबार भने राताम्य भएको हो ।
उच्च तरलता, न्यून ब्याजदर र कम्पनीको पूँजी वृद्धि योजनाले नै बजारमा उत्साह आएको भए पनि आज भने ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.३७ अकंले घटेर २१५०.९९ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २८० कम्पनीको १ कराड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँको कारोबार भएको छ ।
बुधबार जीवन बीमा समूहको सेयर मूल्य बाहेक अन्य १२ उपसूचकमा राताम्य भएको छ । आज जीवन बीमा समूहको सेयर मूल्य भने २.४६ प्रतिशतले बढेको हो ।

हिमालयन लाइफको ८३ करोड ७० लाख ३६ हजार र शिवम सिमेन्टको २८ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ ।














