अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?
काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आइपीओमा १ अर्ब ३९ करोड ६४ लाख ७१ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अन्तिम दिन (असार १३ गते) साँझ ५ः५ बजेसम्म १२ लाख ८२ हजार ४६३ जना आवेदकले १ करोड ३९ लाख ६४ हजार ७१० कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले असार १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । यसअघि आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरी सकेको छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । जसमा १ सय अंकित मूल्यमा ६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो । यस मध्ये १० प्रतिशत (६५ हजार कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । साथै, ५ प्रतिशत (३२ हजार ५ सय कित्ता) सामूहिक लगानी कोषका लागि र २ प्रतिशत (१३ हजार कित्ता) कर्मचारीलाईलाई छुट्याइएको छ । बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।













