तपाई सुन किन्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको मूल्य !
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख नौ हजार छ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, बिहिबार प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













