पियोर इनर्जीले बोलायो विशेष साधारण सभा, आइपीओ निष्कासन प्रस्ताव पारित मुख्य एजेण्डा
काठमाडौं । पियोर इनर्जी लिमिटेडले विशेष साधारण सभा असार ३१ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
विशेष सभाले कम्पनीको अधिकृत पूँजी र जारी पूँजी बृद्धिका लागि प्रबन्धपत्र संशोधन गर्ने मुख्य एजेण्डा रहेको छ । आईपीओ निष्कासनका लागि समेत प्रबन्धपत्र संशोधनको निर्णय गर्न प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।
त्यस्तै, कम्पनीका सम्पूर्ण संचालकको पारिश्रमिक लगायतका अन्य सेवा सुविधा बारे निर्णय समेत लिनेछ ।













