८ श्रावण २०८३, शुक्रबार

आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा अन्तिम दिनसम्म २३ हजार १७६ जनाले दिए आवेदन



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा ४५ करोड ८० लाख ४४ हजार १६३ रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असार १५ गते अन्तिम दिनसम्म साँझ ५ः४ बजेसम्म २३ हजार १७६ जना आवेदकले १९ लाख ३३ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले कम्पनीले असार १ गतेदेखि पहिलो चरणमा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर जारी गरेको हो । हाल कम्पनीको जारी पुँजी ४ अर्ब रुपैयाँ छ ।

आइपीओ अङ्कित मूल्य १०० रुपैयाँमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर प्रति कित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले सर्वसाधारणलाई सेयर जारी गरेको थियो । सो मध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन तथा बिक्री खुला गरेको थियो ।

उक्त सेयरमध्ये कम्पनीले १० प्रतिशतले हुन आउने १२ लाख कित्तामा मात्र वैदेशिक रोजगारीमा गएका नेपालीलाई बिक्री खुला गरेको थियो । उक्त सेयरमध्ये कम्पनीले १० प्रतिशतले हुन आउने १२ लाख कित्तामा मात्र वैदेशिक रोजगारीमा गएका नेपालीका आवेदन खुला गरेको थियो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । आइपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो ।


प्रतिक्रिया दिनुहोस्