८ श्रावण २०८३, शुक्रबार

रिलायबल नेपाल लाइफले करिब तीन अर्बको आइपीओ निष्कासन गर्ने, बोर्डले दियो अनुमति



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नको छ । कम्पनीलाई आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

कम्पनीले १ करोड २० लाख कित्ता बराबरको २ अर्ब ९८ करोड ९८ लाख रुपैयाँको आईपीओ निष्कासन गर्न बोर्डले असार १५ गते अनुमति पाएको हो ।

कम्पनीले १०० अंकित दरमा १५७ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।

कम्पनीको विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्