डिस मिडिया नेटवर्कले एक करोड ३५ लाख कित्ता आइपीओ निष्कासन गर्ने
काठमाडौं । डिस मिडिया नेटवर्क लिमिटेडले आइपीओ ष्निकासका लागि पुनः नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनी सेयर कित्ता बढाएर आईपीओ निष्कासन गर्नका अनुमति माग गरेको हो ।
कम्पनीले १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता बराबरको १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार रुपैयाँको आईपीओ निष्कासन गर्न बोर्डमा असार १२ गते निवेदन दिएको हो ।
कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।













