६१ हजार ३१६ जनाले पाउने थ्रीस्टार हाइड्रोपावरको आइपीओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट यसै साता भित्र हुने भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार शुक्रबार अर्थात असार १५ गते प्रिअलटमेन्ट सम्पन्न भएको र असार १९ गते बाँडफाँटका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १० लाख ९२ हजार २८९ जना आवेदकले १ अर्ब १९ करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ८७ हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् । माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ ।
गोलाप्रथाबाट बाँडफाँट गर्दा ६१ ह्जार ३१६ जनाले १०।१० कित्ताका दरले सेयर प्राप्त गर्नछन् भने भाग्यमानी थप २ जनाले १।१ कित्ता थप गरी ११ कित्ता सेयर पाउनेछन् ।
कम्पनीले असार ५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो । यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले कुल कित्ता आईपीओमध्ये ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ४ लाख ९२ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा, ३६ हजार ९३८ कित्ता सामुहिक लगानी कोषमा र १४ हजार ७७५ कित्ता आईपीओ कर्मचारीका लागि बाँडफाँट गरिसकेको छ । बाँकी ६ लाख १३ हजार १६२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।













