ङादी ग्रुप पावरले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । ङादी ग्रुप पावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीको असार १७ गते बसेको संचालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
अब हकप्रद सेयर स्वीकृतिका लागि विद्युत नियमन आयोगमा प्रस्ताव पेश हुनेछ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २०० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।














