सन नेपाल लाइफले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने, बोर्डले दियो अनुमति
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई आइपीओ निष्कासनका लागि असार १८ गते नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।
कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरी कुल २३९ रुपैयाँमा आइपीओ निष्कासनका लागि बोर्डले अनुमति दिएको हो ।
कम्पनीले ९६ लाख कित्ता बराबरको २ अर्ब २२ करोड ७६ लाख ८० हजार रुपैयाँको आइपीओ निष्काशन गर्न लागेको हो ।













