थप साढे ६० लाख कित्ता आइपीओ आउदैं, तीन कम्पनीलाई दियो बोर्डले अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप तीन कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले हाथवे इन्भेष्टमेन्ट, मिड–सोलु हाइड्रोपावर र मिड–सोलु हाइड्रोपावरले आइपीओ निष्कासनको अनुमति पाएका हुन् ।
तीन वटै कम्पनीले ६० लाख ५८ हजार १७० कित्ता सेयर आइपीओ निष्कासन गर्ने अनुमति पाएका हुन् ।
हाथवे इन्भेष्टमेन्ट
कम्पनीले प्रतिकित्ता ५० रुपैयाँमा १४ करोड ६२ लाख ५० हजार रुपैयाँको २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
मिड–सोलु हाइड्रोपावर
कम्पनीले १०० रुपैयाँका दरले १४ करोड ९६ लाख ८० हजार रुपैयाँको १४ लाख ९६ हजार ८०० कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
मान्डु हाइड्रोपावर
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले ३३ करोड ७० लाख ९२ हजार २२० रुपैयाँको १६ लाख ३६ हजार ३७० कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।













