२६ श्रावण २०८३, मंगलबार

अबको दुई दिन भित्र एसईईको नतिजा सार्वजनिक हुने, यी तरिकाबाट हेर्ने सकिन्छ नजिता



काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ । बोर्डका अनुसार अबको दुई दिनभित्र सार्वजनिक हुने भएको हो ।

उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने कामसमेत सकिएको र रुजु गर्ने काम भैरहेको र बिहिबार वा शुक्रबार सार्वजनिक हुने जनाएको छ । नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि आज बोर्ड बैठक बोलाइएको छ ।

चैत १७ गतेदेखि २९ गतेसम्म संचालन भएको एसईईमा देशभरबाट कबिर ४ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए । नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक हुनेछ ।

बोर्डका अनुसार नतिजा सार्वजनिक भएपछि नेपाल टेलिकमको एसएमएस र आईभीआर १६००, बोर्डको वेबसाइट www.see.gov.np, www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np लगायतबाट हेर्न सकिनेछ ।