एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा
काठमाडौं । राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेको छ।
एमाले संसदीय दलको बैठकको निर्णयअनुसार राष्ट्रियसभामा प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै एमालेले संसद् अवरूद्ध गरेको हो।
गत सोमबार प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्ति देशविरोधी भएको भन्दै एमाले संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।













