तपाइलाई पर्यो त अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा
काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आइपीओ शुक्रबार बाँडफाँट सम्पन्न भएको छ ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजार ४६३ जना आवेदकले १ करोड ३९ लाख ६४ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए । जस मध्ये ११ लाख ९८ हजार ७७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । २३९९ जनाको आवेदन रद्द भएको छ ।
कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँट भएको थियो । जसमा ५३ हजार ९५० जना आवेदकले १०।१० कित्ताका दरले आइपीओ प्राप्त गरेका छन् ।
कम्पनीको आइपीओ यी तीन तरिकाबाट हेर्ने सकिनेछ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धकको वेबसाइटः www.siddharthacapital.com/
सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login













